Logo
Logo

जन्ती बोकेको जिप दुर्घटना, दुलहा-दुलहीसहित १२ जना घाइते


693
Shares

काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा दुलहा-दुलहीसहित १२ जना घाइते भएका छन् । शारदा नगरपालिकाको भागाचौरबाट थापाचौर तर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०२९००१ ज.००२१ नम्बरको जिप ज्वालापुरमा अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

The current image has no alternative text. The file name is: accident-1.gif

दुर्घटनामा परी शारदा नगरपालिका-९ का चेतराम गिरी (दुलहा) र शारदा नगरपालिका-१० भागाचौरकी २० वर्षीया कमला गिरी (दुलही) घाइते भएका छन् । दुलाह  र दुलहीको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । 

घाइते मध्ये शारदा नगरपालिका-१० भागाचौर बस्ने ६० वर्षीया गुमी कवर र सोही ठाउँकी १४ वर्षीया शोभा कवरको अवस्था गम्भीर रहेको छ ।अन्य घाइतेहरूमा शारदा नगरपालिका-१० भागाचौरका १४ वर्षीया हरिकला कवर, १८ वर्षीय प्रविन कवर, १४ वर्षीया रेनुका कवर रहेका छन् ।

यसैगरी १७ वर्षीय हेमराज कवर, २६ वर्षीया कुमारी बुढाथोकी, ४२ वर्षीया प्रमिला गिरी, १५ वर्षीया विमला गिरी, ३३ वर्षीय रूपराल गिरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाएको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिप चालक फरार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्