Logo
Logo

जेनजी आन्दोलमा जले  १५ हजार बढी उत्तरपुस्तिका


630
Shares

काठमाडौं । जेनजी आन्दोलनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को १४ हजार ७ सय वटा उत्तरपुस्तिका र  त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेर नष्ट भएका छन् ।

The current image has no alternative text. The file name is: TU.jpg

सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेका जलेका हुन् । प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् । 

कोशी प्रदेशका ५ वटा र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रहरूको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । केही उत्तरपुस्तिकामा आंशिक क्षति पुगेको छ । कोशीका पाँच केन्द्रको उत्तर पुस्तिकामा नियमिततर्फ १ हजार ९३७ वटा र आंशिकतर्फ १ हजार ६५० गरी ३ हजार ५८७ वटा उत्तर पुस्तिका जलेको छ ।

बागमतीका १८ वटा केन्द्रको ११ हजार २०३ वटा गरी जम्मा १४ हजार ७९० वटा उत्तरपुस्तिका जलेको छ । तर यो विद्यार्थीको सङ्ख्या भने होइन । एउटै विद्यार्थीको एकभन्दा बढी उत्तरपुस्तिका जलेको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा गर्ने भएको छ । कार्यालयका अनुसार ४ मङ्सिरदेखि पुनः परीक्षा गर्ने सूचना जारी गरेको छ ।

सीटीईभीटीले पुनः परीक्षाको सूचना निकालेपछि विद्यार्थीले विरोध जनाएका छन् । सीटीईभीटी कार्यालय पुगेर विद्यार्थीहरूले पुनः परीक्षा लिने निर्णयबाट ब्याक हुन दबाब दिएका छन् । 

त्रिविको स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका पनि जलेको हो । त्रिविका तीन वटा परीक्षा केन्द्रको उत्तरपुस्तिका जलेको छ । सबैभन्दा धेरै सीटीईभीटीका विद्यार्थीको उत्तरपुस्तिका जलेको छ ।

प्रतिक्रिया दिनुहोस्