Logo
Logo

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद


378
Shares

सिरहा । सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका-२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।

The current image has no alternative text. The file name is: gaza.gif

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ । 

प्रतिक्रिया दिनुहोस्