Logo
Logo

रुपन्देहीका असक्षम सिडिओ


4.4k
Shares

रुपन्देही । तत्कालीन गृहमन्त्री रमेश लेखकको कृपाले बिना अनुभव काठमाडौं पछिको आकर्षक मानिने जिल्ला रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका डा. टोकराज पाण्डे प्रमुख जिल्ला अधिकारीको रुपमा असफल सावित भएका छन् ।

उनी आफैंले जारी गरेको निषेधाज्ञा आदेशको उल्लङ्घन गरेर विवादमा तानिए । जेनजी आन्दोलनपछि जिल्लामा निषेधाज्ञा र कफ्र्यू आदेश जारी थियो । तर, त्यही बिचमा केही स्वार्थ समुहको उक्साहटमा सिमावर्ती क्षेत्रको सबेदनसिलतालाई बेप्रहा गर्दै सस्तो लोकप्रियताका लागि निषेधाज्ञाका बिच भदौ २८ गथे सद्भाव ¥यालीको अनुमति मात्र दिएनन्, आफै आयोजक जसरी सहभागी भएर जिल्लामा सुरक्षाको ग्यारेन्टीसमेत दिए ।

त्यसअघि मधेश आन्दोलन र नाकाबन्दीका बेलासमेत शान्त रहेको भैरहवामा ब्यक्तिका घरदेखि सरकारी कार्यालयसम्म जलिसकेका थिए । तर, उनी दुईदिनसम्म जनसम्पर्क बाहिर थिए ।

नाकाबन्दीको बेला लाइफलाइन बनेको भैरहवा इतिहासमै पहिलोपटक ठप्प थियो जबकि, भदौ २३ मा जिल्लामा भएको सामन्य प्रदर्शनपछि भोलिपल्ट जिल्लामा हुने बुदम्सका लागि मणिग्रम नजिकको एक होटलमा बसेर योजना बन्दै छ भन्ने पुर्व सुचना सिडिओलाई प्राप्त भएको स्रोतको दावी छ ।

तर, आन्दोलनका बेला बिरलै पाइने यस्ता संबेदनसिल सूचनामा उनले वास्ता गरेनन् । उक्त सूचनालाई गम्भिरतापुर्वक लिएको भए उनले जिल्लामा ठूलो क्षती हुनबाट रोक्न सक्थे । स्रोतका अनुसार उक्त योजनामा सलग्नहरु उनकै गृहजिल्ला स्याङ्जाकै भएको बताइन्छ ।

उक्त सुचनालाई वास्ता नगरेका सिडिओले सेलिब्रेटी हुने लोभमा स्वार्थ समुहको चाहनाबमोजिम ¥यालीका लागि अग्रसरता देखाउँदा आफ्नै आदेशको अबज्ञा गरे । त्यतिमात्र होइन, आन्दोलन र आगजनी भएको हप्तादिनसम्म पनि जिल्लाम कुन कुन सरकारी कार्यालय र ब्याक्तीका घर जले भन्ने जानकारी उनीसँग थिएन । यो घटनाले उनको कार्यशैली र निर्णय प्रक्रियामा गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।

जिल्लामा उनलाई धार्मिक आवरणका ढाँेगी सिडिओको रुपमा चित्रण हुन थालेको छ । यसअघि कास्कीबाट रुपन्देही सरुवा भएका बासुदेव घिमिरे मात्र ९ महिनामै गृह मन्त्रालय फिर्ता बोलाइएका थिए । उनीपछि रुपन्देही जस्तो आकर्षक जिल्लामा पहिलो पोस्टिङमै पाण्डेलाई सिडिओ बनाइएको थियो, जुन विगतको चलनविपरीत थियो । सामान्यतया, अन्य जिल्लामा अनुभव हासिल गरेका कर्मचारीहरूलाई यस्ता महत्वपूर्ण पदमा पठाइने गरिन्छ ।

गृह मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार पहिलो पोस्टिङ नै आकर्षक स्थानमा हुँदा सिडिओ पदलाई ‘महत्वहीन’ बनाउन सक्ने अनुमान त्यतिबेला नै गरिएको थियो । अहिले त्यही अनुमान सही सावित भएको छ । डा. पाण्डेको पृष्ठभूमि हेर्दा उनी लामो समय यातायात क्षेत्रमा सक्रिय थिए ।

सहसचिव भएपछि यातायात व्यवस्था विभागको महानिर्देशक पद सम्हालेका थिए । त्यसपछि गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याँकन महाशाखा र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीको निर्णयबाट उनी सिँधै रुपन्देहीको ‘क’ वर्गको सिडिओमा नियुक्त भएका हुन्, जसलाई धेरैले आश्चर्यको विषय मानेका थिए ।

छोटो अबधिमै अहिले रुपन्देही जिल्लाको प्रशासनिक नेतृत्वमा विश्वसनीयताको संकट निम्त्याएको छ । रुपन्देहिमस अहिले सिडिओको यो कार्यशैलीले जिल्लाको शान्ति–सुरक्षा र सामाजिक सद्भावमा असर पर्न सक्ने चिन्ता व्यक्त हुनथालेको छ ।

प्रतिक्रिया दिनुहोस्