काठमाडौं । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी टोलीको वार्ता भएको छ । आज बिहान जेनजी टोली वार्ता गर्न शीतल निवास पुगेको हो । वार्ता जारी छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो ।
बैठकमा २० भन्दा बढी जेनजी सहभागी छन् । आजको वार्तामा जेनजीका मागबारेमा छलफल हुने बताइएको छ ।














