काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री शुशीला कार्कीसहित जेनजीका प्रतिनिधिहरुबीच हुने भनिएको छलफल स्थगित भएको छ। शनिबार आज शीतलनिवासमा तय भएको छलफल स्थगित भएको हो ।

स्रोतका अनुसार राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको हो । अब सोमबार अपराह्न ३ बजे छलफल गर्ने बताइएको छ। जेनजीका प्रतिनिधिसँग आज छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि जेनजीहरू भेला भएका थिए । साथै, वार्तामा को को बस्ने भन्नेमा जेनजीबीच मतभेद भएपछि आजको वार्ता स्थगित भएको थाहा भएको छ ।
राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित दलहरूका प्रतिनिधिसँग फागुन २१ को चुनावबारे छलफल गरेका थिए । आजै जेनजी टोलीसँग प्रधाजमन्त्री कार्कीले छलफल गरेका छन् । प्रधानमन्त्री कार्की सरकार विस्तारको तयारीमा जुटेकी छन् । सोही विषयमा उनले जेनजी टोलीसँग छलफल गरेको बताइएको छ ।
जेनजीसँग छलफलपछि प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसहित छलफल गर्न शीतल निवास पुगेकी थिइन् । तर, छलफलमा जुट्न नपाउँदै आजको वार्ता स्थगति भएको हो ।














