Logo
Logo

युवामैत्री कांग्रेस निर्माणको माग गर्दै सानेपामा धर्ना


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले युवामैत्री पार्टी निर्माणको माग राख्दै शनिवार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

The current image has no alternative text. The file name is: sanepa.gif

धर्नामा सहभागी नेविसंघका सदस्यहरूले पार्टीमा युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्न माग गरेका छन् । प्रदर्शनकारीहरूले ‘पार्टी एकता आजको आवश्यकता’, ‘हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर’, ‘परिमार्जनबिनाको महाधिवेशन अमान्य’, ‘नेपाली कांग्रेसको विधान परिवर्तन गर’, ‘युवालाई क्रियाशील बनाउन विधान संशोधन’, ‘एक व्यक्ति एक पद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टीमा युवाहरूको ३० प्रतिशत क्रियाशील सदस्यता र सबै तहका निर्वाचनमा ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको बताए । उनले जेनजी आन्दोलनपछि कांग्रेसले युवाहरूको विचारलाई समेटेर खुला र समावेशी पार्टीको सन्देश दिनुपर्नेमा जोड दिए । 

उनीहरूले पार्टीका सबै प्रतिनिधिमूलक पद, समिति, संसदीय समिति र विभागहरूमा ४० प्रतिशत युवा सहभागिता अनिवार्य गर्ने व्यवस्था विधानमा समावेश गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्