Logo
Logo

अहिलेको राजनीतिक अवस्थाबारे दुई वर्ष अघिनै भनेको थिएँ : राजेश हमाल


1.4k
Shares

काठमाडौं । नेपाली सिनेमाका महानायक राजेश हमालले आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ काठमाडौंमा आयोजित एक विशेष समारोहमा विमोचन गरेका छन् । उक्त समारोहमा उनले पुस्तकको विषयवस्तुबारे चर्चा गर्दै नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा पनि आफ्नो धारणा व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: rajesh-hamal.gif

विमोचन समारोहमा बोल्दै हमालले दुई वर्षअघि आफूले गरेको एक छलफललाई स्मरण गरे । उनले भने, पछिल्लो निर्वाचनको समयमा मैले एक ठूलो नेतालाई भनेको थिएँ-हरेक कालखण्डमा दुई पुस्ताबीचको दूरी स्वाभाविक हुन्छ, तर अहिलेको समयमा यो दूरी विगतको तुलनामा निकै फरक र ठूलो छ । नयाँ पुस्तामा राजनीति, देश विकास र सुशासनप्रति फरक दृष्टिकोण छ । ‘उनले थपे, ‘अर्को निर्वाचनसम्म नेपालको राजनीतिक माहोल थप परिवर्तन हुन सक्छ । यो गन्जागोल र अस्थिरतातर्फ पनि जान सक्छ । लोकतान्त्रिक र गणतान्त्रिक प्रणालीको अवमूल्यन हुने जोखिम छ, तर मलाई विश्वास छ, नेपाली जनता सचेत छन् र आफ्नो लोकतान्त्रिक अधिकारको रक्षा गर्न अग्रसर हुनेछन् ।’

उनले यो भनाइ दुई वर्षअघिको भए पनि अहिलेको परिस्थितिमा झनै सान्दर्भिक भएको उनको भनाइ छ । हमालले आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ मा राजनीतिक र सामाजिक विषयवस्तुका साथै आफ्नो व्यक्तिगत जीवनका अनुभवहरूलाई पनि समेटिएको बताए । यो पुस्तकले पुस्ताहरूबीचको दूरी, सामाजिक परिवर्तन र व्यक्तिगत अनुभूतिलाई जोड्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्