Logo
Logo

कांग्रेसको केन्द्रीय समितिको बैठक सर्‍यो


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । असोज २६ का लागि बोलाइएको बैठक २८ असोजमा बोलाइएको हो ।

The current image has no alternative text. The file name is: congress-1.gif

केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको हो ।

कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने घिमिरेले जानकारी गराए ।

बुधवारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि डाकिएको थियो । हिजो र आज गरेर सबैको बोल्ने क्रम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्