काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी मङ्गलवार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार असोज २८ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् ।

सचिवालयले आज जारी गरेको सूचनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) र प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरिएको उल्लेख छ ।














