काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भारत, चीनसहितका विदेशी नागरिक फरार भएका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार फरारमध्ये ५४० जना भारतीय र १०८ जना अन्य देशका नागरिक छन् ।
हालसम्म फरार कैदीबन्दीमध्ये ९,००८ जना पुनः पक्राउ परेका छन् भने अझै ५,५४७ जना फरार रहेका छन् । तीमध्ये ६४८ जना विदेशी नागरिक हुन्।
फरार कैदीबन्दीको खोजी र नियन्त्रणका लागि गृह मन्त्रालयले असोज १० गते निर्णय गर्दै प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ। कार्यदलले फरारको नामावली सार्वजनिक गरी खोजी कार्य तीव्र बनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।














