Logo
Logo

बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्ने स्थानीयको चेतावनी


1.1k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर विसर्जन रोक्ने चेतावनी दिएका छन् । आगामी १० कार्तिकभित्र आफ्ना माग सम्बोधन नभए फोहोर विसर्जन रोक्ने स्थानीयहरूको चेतावनी रहेको छ । 

The current image has no alternative text. The file name is: banncher-basi.jpg

आइतबार भौतिक पूर्वाधार, शहरी विकासमन्त्री कुलमान घिसिङलाई उनको कार्यकक्षमा भेट्दै गर्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइटबाट प्रभावित स्थानीयले आफ्नो माग राखेका हुन् । उनीहरूले ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएकोबारे मन्त्री घिसिङलाई जानकारी गराएका हुन् । 

उनीहरूले अहिलेको सरकाररले आफ्ना मागहरू पुरा गर्ने आस रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले स्थानीयसँग गरेको सम्झौता पनि कार्यान्वयन नगरेको र स्थानीयलाई उल्टै मुद्दा हाल्ने गरेको उनीहरूको गुनासो छ । 

उनीहरूले पीडित स्थानीयका सरोकार र यसअघिका सम्झौता कात्तिक १० गतेभित्र कार्यान्वयन थालनी हुनु पर्ने भन्दै कम्तीमा सार्वजनिक मुद्दा खारेज नगरिए फोहोर विसर्जन रोक्ने विषय मन्त्री घिसिङलाई जानकारी गराइएको हुन् । मन्त्री घिसिङले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने भन्दै आन्दोलनमा नजान आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्