Logo
Logo

तीन जिल्लाका एसपीहरु कारबाहीस्वरुप हटाइए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ माघ ।
प्रहरी प्रधान कार्यालयले कमजोर कार्यक्षमता भएका तीन जिल्लाका एसपीहरुलाई हटाएको छ । धुनषा, सिन्धुली र धादिङका एसपीलाई हटाइएको हो ।


सिन्धुलीका रामेश्वरप्रसाद यादबले गाँजा कारोबारीसँग घुस लिएको पुष्टि भएको थियो । त्यस्तै धनुषाका गोविन्द थपलिया शान्ति सुरक्षामा कमजोर देखिएका थिए । धादिङका एसपी डम्बरबादुर विकले नक्कली सुनलाई सक्कली भनेर सार्वजनिक गरेका थिए । जसमा उनको शंकास्पद भूमिका देखिएको थियो ।
उनीहरुलाई त्यहाँबाट हटाएर धनुषामा शेखर खनाल, सिन्धुलीमा चक्रबहादुर सिंह र धादिङमा राजकुमार बैद्यदारलाई प्रहरी प्रधान कार्यालयले खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्