काठमाडौं । नेपाल प्रहरीमा आउदो कात्तिक २६ गते रातीबाट चन्द्रकुवेर खापुङले अनिवार्य अवकाश पाउदैछन् । आइजी खापुङको अवकाशपछि रोलक्रममा रहेका एआइजीहरू दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी प्रतिस्पर्धामा रहेका छन् ।

उनीहरूले आ–आफ्नो ढंगले राजनीति र मिडियाबाजीसमेत गर्न थालेका छन् । खासगरी एआइजी केसीको तर्फबाट गौरीबहादुर कार्कीले नेतृत्व गरेको जाँचबुझ आयोगमा एआइजी कार्कीको नाममा उजुरी दिने र मिडियाबाजी गराएपछि आइजीका लागि राजनीति शुरु गरेको स्पष्ट देखिएको छ ।
रवि लामिछाने गृहमन्त्री हुँदा अघोषित रुपमा सल्लाह रहेका र मन्त्रिनिवासमै बसेर योजना बनाउ तल्लिन रहेका केसीले अहिले जेन–जीका नाममा उजुरी दर्ता गराउदा उनलाई नै वेफाइदा भएको छ ।
भदौ २४ गते बिहान मात्रै उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका कार्कीलाई लाञ्छाना लगाएर रवि लामिछानेको मान्छे बनाएर गरिएको उजुरीमा नेपाल प्रहरीकै एक एसपीको हात रहेको छ । ‘अहिले व्याच निकै व्यशायीक छ, तर एकले अर्कालाई हिलोछ्याप्ने कामले थिलोथिलो भएको संगठन झन रसातलमा पुग्छ’, स्रोतले दृष्टिसँग भन्यो ।
सुशीला कार्की प्रधानमन्त्री भएको बेला अहिलेसम्म आफ्नो ब्याचमा एक नम्बरमा रहेका कार्कीलाई अन्याय हुने कुरा सोच्न नसकिने प्रहरी अधिकारीहरुले जनाएका छन् । आइजीपी नियुक्ति अगाडि हाल रिक्त चार र कात्तिकमा रिक्त हुने एक गरी पाँच डिआइजी पद रिक्त हुँदैछ । प्रतिस्पर्धी संख्या झण्डै तेब्बर रहेको छ । आइजीसँगै आउने डिआइजी बढुवा पनि निकै कसिलो हुने देखिएको छ ।
यसअघि चार डीआईजीलाई एआइजीमा बढुवा गर्दा अघिल्लो बढुवाको वरियता नमिचिएका कारण डीआईजी बढुवा पनि त्यसरी नै हुने प्रहरीबीच अनुमान भएपाि कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेकालाई बढुवामा पर्ने संभावना निकै कम रहेको छ । अहिलेको सकारले कार्यसम्पादन मूल्यांकन पनि हेर्ने जनाएको छ ।
हाल एससपी दर्जामा कार्यरत ११२ औँ टोलीका १५ र उनीहरूभन्दा अघिल्लो बढुवामा एसएसपी भएका एक गरी १६ प्रतिस्पर्धी छन् । ११२ टोली भनेको नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५६ असार ३ गते नियुक्त अधिकृत हुन् । उनीहरू २०८० वैशाख २४ मा एसएसपी बढुवा भएका थिए ।
त्यसमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, प्रज्वल महर्जन रहेका छन् । प्रहरीमा विश्व अधिकारी निकै असफल अधिकृत हुन् । कृष्णबहादुर पल्ली मगरलाई विभिन्न समूहले च्याप्दै आएका कारण उनको कार्यसम्पादन मुल्यांकन कमजोर रहेको छ । थापा र पन्त भने दुवै उत्कृष्ट महिला प्रहरी अधिकृतभित्र पर्छन ।
यसैगरी २०७९ असार २५ मा ३२ एसपीले एसएसपीमा बढुवा पाउँदा ३२ औँ नम्बरमा परेका शारदा चौधरी हालसम्म सोही दर्जामा छन् । चौधरीको हालैमात्र मिर्गौला प्रत्यारोपण गरिएको छ । उनको बढुवा टोलीका सबैजसो एआईजी र डीआईजी हुँदा उनीचाहिँ एसएसपीमै भएका कारण उनको बढुवालाई नकार्न सकिदैन । कात्तिक १३ गते ३० वर्षे अवधि पूरा गरेर डीआईजी सञ्जीव शर्मा दास अवकाश हुँदैछन् । उनको स्थानमा पनि एक डिआइजी बढुवा हुनेछन् । डिआइजी बढुवा चाडै भएमा भावी आइजीपीको कित्ता पनि करिब करिब क्लियर नै हुनेछ । यो बढुवालाई कात्तिक २६ मा हुने आइजीपीको बढुवासँग गाँसेर हेर्न थालिएको छ । प्रहरी संगठनको मनोबल खस्किएका बेला २६ गते हुने बढुवालाई बाहिर पनि चासोका साथ हेरिएको छ । गृहमन्त्री ओमप्रकास अर्यालले पनि यो विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग सामान्य छलपलल गरेको बुझिएको छ ।
साथै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहको पनि चासो रहेकाले भावी आइजीपीको निर्धारण हुने बुझिएको छ । काठमाडौको सुकुम्बासी समस्या समाधान गर्न मेयर साहले प्रहरीको साथ खोजिरहेका बेला नयाँ आइजीपी नियुक्ति हुने चरणमा छ ।











