Logo
Logo

बिद्युत प्राधिकरणका कर्मचारीसँग २ करोड अकुत सम्पति, अख्तियारद्वारा मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, १६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका एकजना उपप्रबन्धकविरुद्ध अवैध सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । प्राधिकरणका उपप्रबन्धक विजयकुमार चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यरत चौधरी उनकी पत्नी प्रियंका चौधरी र छोरा कणाल चौधरीलाई पनि प्रतिवादी बनाएको मुद्दामा अख्तियारले २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ १४ पैसा बराबरको बिगो दाबी गरि मुद्दा दायर गरिएको हो ।
आयोगले मंगलबार मात्र भन्सारका नासु श्याम श्रेष्ठविरुद्ध १४ करोड बिगो दाबी गरी मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्