
काठमाडौं । नेपाली कांग्रेस संबद्ध युवाहरुको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षप गरेको छ । मंगलबार दिउँसो त्रिपुरेश्वर हुँदै पार्टी कार्यालय सानेपा जान लागेको तरुण दनको र्यालीलाई प्रहरीले त्रिपुरेश्वरमा रोकेको हो ।
प्रहरीले युवाहरुलाई त्यहाँबाट र्यालीमा अगाडि बढ्न समेत दिएको छैन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको केन्द्रीय कार्यालय सानेपामा आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
बैठकमा भदौ २४ गते जेनजी आन्दोलनकारीको कुटपिटबाट घाइते भएका उनी आज सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक हुँदैछन् । आजको बैठकमा उनले उद्घाटन मन्तव्य राख्ने र त्यसपछि बाहिरिने तयारी छ ।
उक्त बैठकअघि काठमाडौँका विभिन्न क्षेत्रबाट तरुण दलले निकालेको उक्त ¥यालीलाई प्रहरीले रोकेको हो ।










