Logo
Logo

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक


504
Shares

काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवा सहभागी भएका हुन् । 

The current image has no alternative text. The file name is: deuwa-2.gif

बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रूपमा देखिएका थिएनन् । नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । 

सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्