Logo
Logo

विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्।

नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हो ।

कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गरेको हस्ताक्षरसहितको फाइल बुझेका हुन्।

प्रतिक्रिया दिनुहोस्