काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।
मधेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गरेका हुन्।

बुधवार मधेश प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत पक्षका कार्यकर्ताहरू झाडु र लट्ठी लिएर उपस्थित हुँदै सिंहको सनाखत रोकेर विरोध प्रदर्शन गरेका थिए।
यस क्रममा सिंह पक्ष र राउत पक्षका कार्यकर्ताबीच केही समय तनावपूर्ण झडप समेत भएको छ। मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री त्रिभुवन साहले पनि जनस्वराज पार्टीमा सनाखत गरेका छन्।










