Logo
Logo

सर्वोच्च अदालतको आगो भोलिपल्टै निभाएको सेनाको स्पष्टीकरण


882
Shares

काठमाडौं । नेपाली सेनाले गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि सर्वोच्च अदालतमा लागेको आगो भोलिपल्टै निभाइसकेको दाबी गरेको छ।

The current image has no alternative text. The file name is: anupjang-thapa.jpg

शुक्रबार सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपरथी अनुपजंग थापाले घटनाबारे जानकारी दिँदै भने, “सर्वोच्च अदालतको आगो भोलिपल्टै निभिसकेको हो। केहीले तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाएको भन्ने समाचार लेखे, तर म त्यो खण्डन गर्न चाहन्नँ।”

उनका अनुसार आगलागीको रात मध्यरात १२ बजे ललितपुरको काष्ट उद्योगमा आगो निभाइरहेका सेनालाई सिंहदरबार र सर्वोच्च अदालतजस्ता महत्त्वपूर्ण स्थानमा आगो लागेको सूचना आएपछि तुरुन्तै त्यहाँ खटाइएको थियो।

“मैले ललितपुरको गणपतिलाई फोन गरेर तुरुन्त सिंहदरबार र सर्वोच्चतर्फ पठाउन भनेँ। त्यसपछि ललितपुरको दमकलसहित हामीले आगो निभायौं,” थापाले स्पष्ट पारे।

उनले काठमाडौंमा रहेका १८ वटा दमकलमध्ये ११–१२ वटा मात्रै चल्न सक्ने अवस्थामा रहेको र ती सबै प्रयोग गरिएको बताए। बाँकी केही दमकल प्राविधिक कारणले प्रयोग गर्न नसकिने स्थिति थियो।

थापाले सेनाले यथासक्य छिटो आगो नियन्त्रणमा ल्याउन प्रयास गरेको पनि बताए। “हामीसँग उपलब्ध स्रोत साधनमै रहेर सक्दो छिटो कारबाही गर्‍यौं,” उनले भने।

त्यसैगरी, हिल्टन होटलमा लागेको आगो अग्लो भएको र दमकलसँग पर्याप्त उचाइको भर्‍याङ नभएको कारण चौथो दिनसम्म आगो निभाउन कठिनाइ भएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्