Logo
Logo

काठमाडौं महानगरको ४३औँ कार्यपालिका बैठकबाट १५ प्रस्ताव पारित


693
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठक प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विभिन्न १४ विभागीय प्रस्तावसहित कुल १५ प्रस्ताव पारित गरेको हो।

The current image has no alternative text. The file name is: balen.jpg

प्रशासन विभागतर्फबाट कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई क्रमशः १० लाख र १५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरियो। सामाजिक विकास विभाग अन्तर्गत बालकल्याण अधिकारी तोक्ने, सीप तथा तालिम परिषद् स्थापना कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने प्रस्तावहरू पारित भए।

वडा नं ५ टंगाल, वडा नं १ दरबारमार्ग र नक्सालमा व्यावसायिक तथा संस्थागत भवन निर्माणसम्बन्धी प्रस्तावहरू स्वीकृत गरिए। सिटिनेटद्वारा इन्डोनेसियामा आयोजना हुने बैठकमा सहभागी हुन वडा नं १६ की वडाध्यक्ष रोजिना श्रेष्ठको मनोनयन पनि पारित भयो ।

सहरी योजना आयोगका सदस्यमा सुरज शाक्य र सुमन प्रधान नियुक्त गरिए । कानुन तथा मानवअधिकार विभागले तयार पारेको राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२ स्वीकृत गरियो। सूचना प्रविधि विभागतर्फ सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव पारित गरियो ।

पार्क, डबली तथा दरबार क्षेत्रको मर्मत कार्यका बाँकी कामको स्थानान्तरण गर्ने निर्णय र ३५ गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि प्रतिपालिकाबाट प्रतिगाउँपालिका २२ लाख ९९ हजार रुपैयाँ अनुदान दिने निर्णय पनि गरियो। यस्तै, उपकरण महाशाखाका कर्मचारीलाई वार्षिक एप्रोन सुविधा बढाएर १ हजार रुपैयाँ दिने निर्णय भएको छ ।

स्वास्थ्य विभागतर्फ नेपाल एम्बुलेन्स सेवासँगको सम्झौता नवीकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत, ल्याब टेक्निसियन र कार्यालय सहयोगीको व्यवस्था गर्ने निर्णय गरियो ।

बैठकमा केही वडाध्यक्षहरूले भदौ २४ गते सिंहदरबारमा लागेको आगो निभाउन महानगरको दमकल कहाँ थियो भन्ने प्रश्न उठाए। विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले उक्त दिन साँझ ८:१५ बजे सिंहदरबार प्रवेश गरेर आगो नियन्त्रणमा ल्याउन प्रयास गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्