Logo
Logo

जेनजी आन्दोलन भड्काउने टीओबी समूहबारे अध्ययनमा सेना


2.5k
Shares

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनलाई भड्काउन मुख्य भूमिका खेलेको भनिएको तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी) समूहबारे अध्ययन गरिरहेको जनाएको छ । सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले शुक्रवार जङ्गी अड्डामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त समूहबारे अध्ययन भइरहेको बताए ।

The current image has no alternative text. The file name is: tob-1.gif

‘यो समूहबारे विभिन्न जानकारी सञ्चारमाध्यम र अन्य स्रोतबाट आएका छन् । हामीले पनि यसको अध्ययन गरिरहेका छौँ । तपाईँहरूसँग यस सम्बन्धमा कुनै सूचना छ भने उपलब्ध गराएर सहयोग गर्न अनुरोध छ,’ थापाले भने । 

गत २३ गतेको जेनजी आन्दोलनमा मोटरसाइकलमा आएको यो समूहले शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित बनाएको आरोप छ । सार्वजनिक भिडियोहरूमा यो समूहले मोटरसाइकल पड्काउँदै भीडलाई उक्साएको र अगाडि बढ्न प्रेरित गरेको देखिन्छ । यस्तै, समूहका एक सदस्यले हतियार प्रदर्शन गरेको देखिएपछि प्रहरीले एक जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । सेनाले पनि यो समूहबारे थप जानकारी संकलन र अध्ययन गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्