जनकपुरधाम । जनकपुरको सोनारपट्टीमा बिल-बिजक बिनाको सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले शुक्रबार साँझ एक पसलमा छापा मारेको छ।

छापा मार्ने क्रममा पसल सञ्चालकहरूले अवरोध गरेपछि स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरीले गोली प्रहार गरेको हो। कति राउन्ड फायर भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।
घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने घटनाबारे विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।














