भ्रेपलाञ्चोक । भ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-९, रानीटार क्षेत्रमा बोलेरो जीप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईका अनुसार बिहान ९:३० बजेदेखि मेलम्ची फिडरअन्तर्गत मण्डनदेउपुर नगरपालिकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

रानीटारमा ११ मिटरको सिमेन्टको पोलमा जीपले ठक्कर दिँदा पोल भाँचिएको प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त लाइन मर्मतको काम तत्काल सुरु गरिएको र मर्मतका लागि ३ देखि ४ घण्टा लाग्ने अनुमान छ । मर्मत सम्पन्न भएलगत्तै विद्युत् सेवा सुचारु हुने प्राधिकरणले बताएको छ ।
विद्युत् अवरुद्ध हुँदा स्थानीय बासिन्दा र व्यवसायीहरू प्रभावित भएका छन् । प्राधिकरणले मर्मत कार्यमा सहयोग गर्न र धैर्य राख्न सबैमा अनुरोध गरेको छ ।














