काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् ।

शीतलनिवासमा सरकारका प्रतिनिधिहरूको सहभागितामा राष्ट्रपति पौडेल र सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरूसँग छलफल भइरहेको छ ।














