Logo
Logo

ओलीको निर्वाचनमा नजाने घोषणाप्रति राष्ट्रपति असन्तुष्ट


2.7k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिवार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रवार गरेको घोषणाप्रति असन्तुष्टि जनाएका हुन् ।

The current image has no alternative text. The file name is: oli-rastpati.jpg

निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रवार केन्द्रीय कमिटी बैठकमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।

राष्ट्रपति र बौद्धिक समुदायका अगुवाहरूसँगको छलफल सो विषयमा कुराकानी भएको जनाइएको छ । एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । एमाले अध्यक्षबाहेकका नेताहरूसँग राष्ट्रपतिले भेटेका र उनीहरूले निर्वाचनमा जाने विषयलाई प्राथमिकतामा राखेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्