Logo
Logo

‘नेपो बेबी’भन्दै नेताहरू र व्यवसायीका छोराछोरीमाथि आक्रमण भयो : ओली 


567
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा ‘नेपो बेबी’ भन्दै नेताहरू र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: oli.jpg

शनिवार च्यासलमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले यस्ता आक्रमणले युवा र कोमल मनहरूलाई गहिरो असर पारेको उल्लेख गरे ।  ‘यो सभ्य समाज हो कि असभ्यहरूको भिड होरु’ ओलीले प्रश्न गरे, ‘यो कुनै एक व्यक्तिको मात्र कुरा होइन । नेपो बेबी भन्दै कोमल मनहरूमाथि गम्भीर आघात पुगेको छ । यसले गर्दा कतिपयले राम्रोसँग पढ्न छोड्छन्, स्कूल जान डराउँछन्, कतै मलाई नेपो बेबी भनेर कुट्छन् कि भन्ने डरले ।’

पूर्वमिस नेपाल शृङ्खला खतिवडातर्फ संकेत गर्दै ओलीले उनी कुनै धनी बाबुआमाकी छोरी नभएको बताए । ‘माया र स्नेहले हुर्काइएकी, सुन्दर अनुहार र राम्रो शिक्षा प्राप्त गरेकी शृङ्खला कुनै धनाढ्य परिवारकी छोरी होइनन्,’ उनले भने, ‘उनका लागि यो अप्रत्याशित र अन्यायपूर्ण आक्रमण भयो ।’

प्रतिक्रिया दिनुहोस्