Logo
Logo

जसपा नेपालद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


2.9k
Shares

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले अशोक राईको नेतृत्वमा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शनिवार सुनसरीको धरानमा बसेको जसपा नेपालको कोशी प्रदेश समिति बैठकले यो निर्णय गरेको प्रदेशका मुख्य सचिव विनोद नेम्वाङले जानकारी दिए ।

The current image has no alternative text. The file name is: ashok-rai.jpg

उनले भने, ‘नयाँ राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ ।’ जसपा नेपालको कोशी प्रदेशसभामा एक सांसद निर्मला लिम्बू छिन् । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ सांसदको समर्थन प्राप्त छ । ९३ सदस्यीय प्रदेशसभामा ६९ सांसदको समर्थन रहेको सरकारलाई जसपाको समर्थन फिर्ताले तत्काल कुनै असर नपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्