Logo
Logo

एन्फा महासचिव राई निलम्बित 


756
Shares

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राई निलम्बनमा परेका छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका वीरबहादुर खड्काले स्पष्टीकरण नदिएको भन्दै राईलाई निलम्बन गरेका हुन् । 

The current image has no alternative text. The file name is: anfa.jpg

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राई हाल साउदी अरबमा छन् । अध्यक्ष विदेशमा गएका कारण खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए । 

खड्काले लेखेको निलम्बनको पत्रमा ३ दिन भित्र जवाफ दिने गरी स्पष्टीकरण सोधिएकोमा राईबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकोले निलम्बन गरिएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्