Logo
Logo

विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली 


567
Shares

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित उच्च पदाधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको उनको शवमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । 

The current image has no alternative text. The file name is: bipin.gif

प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विमानस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनको शव आजै कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित गाउँमा लगिनेछ । कञ्चनपुरमै अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको किबुत्ज क्षेत्रमा भएको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । उनको अवस्था अज्ञात हुँदा असोज २७ गते इजरायली अधिकारीहरूले मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव उनकै भएको पुष्टि भएको छ भने फरेन्सिक जाँचले अपहरणकै समयमा मृत्यु भएको देखाएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । शव नेपाल ल्याउनुअघि आइतबार तेलअवीवको खटिभा ८ स्मारक र बेनगुरियन विमानस्थलमा श्रद्धाञ्जली दिइएको थियो । कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्