Logo
Logo

मेरो अन्तर्वार्तापछि दीपक खड्का नेपाल फर्के: गृहमन्त्री अर्याल


756
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जामन्त्री दीपक खड्का जेनजी आन्दोलनपछि भारत गएको र हालै फर्किएको बताएका छन् ।

The current image has no alternative text. The file name is: omparkesh.gif

सोमबार विपिन जोशीको श्रद्धाञ्जलि सभातर्फ जाँदै गर्दा सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गर्दै उनले भने, ‘मैले अन्तर्वार्ता दिँदा उहाँ कहाँ हुनुहुन्थ्यो ? सोध्नुस् न !’खड्काले आफैँ स्वीकार गरेका छन्– उनी स्थलमार्गबाट भारत गएका थिए । ‘उहाँलाई कहिले गएको थिए भन्ने सोध्नुहोस्,’ अर्यालले भने । उनले भने, ‘मैले बोलेको दिन उहाँ विदेशमै थिए । अन्तर्वार्ता छापिएपछि मात्र फर्कनुभयो ।’

गृहमन्त्रीले राजनीतिक दलहरूले हतियार लुटेको नभई केही दलहरूमा हतियार सङ्ग्रह गर्ने चाहना हुन सक्ने बताए । ‘यदि कुनै शक्तिसँग छ भने डिक्लेयर गर्नुपर्छ,’ उनले भने । ‘मुलुक अब हिंसा वा हतियारको बाटोमा होइन, शान्ति र अहिंसाको मार्ग अपनाउनुपर्छ । सबै दलमा यो चेतना आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्