Logo
Logo

पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ: ट्रम्प


3.4k
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रुसका सर्त स्वीकार गर्न आग्रह गरेका छन् । उनले यदि युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सर्त नमाने रुसले युक्रेनलाई ध्वस्त पार्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: trump.jpg

यो कुराबारेको समाचार फाइनान्सियल टाइम्सले आइतबार छापेको छ । रिपोर्टका अनुसार शुक्रवार व्हाइट हाउसमा बन्द ढोकाभित्र भएको गोप्य बैठकमा ट्रम्पले जेलेन्स्कीलाई पूर्वी डोनबास क्षेत्र रुसलाई सुम्पिन सुझाएका थिए ।

बैठकका क्रममा ट्रम्पले युक्रेनी सैन्य मोर्चाका नक्शासमेत टेबलमा फ्याँकेका थिए । बैठक केही क्षणमा झगडाझैँ माहोलमा पुगेको बताइएको छ, जहाँ ट्रम्प लगातार आक्रोशमा बोल्दै गालीगलौज समेत गरेका थिए । 

रिपोर्ट अनुसार बैठकअघि एक दिन अर्थात् अक्टोबर १६ मा पुटिनले ट्रम्पसँग फोनमा कुरा गर्दै डोनबास क्षेत्र रुसलाई दिने सर्त अघि सारेका थिए ।

पुटिनले भनेका थिए, ‘यदि युक्रेनले डोनबास सुम्पिए बदलामा खेरसान र जापोरिजियाका केही भाग युक्रेनलाई फिर्ता दिइनेछ । यसअघि सन् २०२४ मा पुटिनले सम्पूर्ण डोनबास, खेरसान र जापोरिजियामाथि आफ्नो नियन्त्रणको माग गरेका थिए । तर, अन्त्यमा जेलेन्स्कीले ट्रम्पलाई मनाएर वर्तमान सीमामा युद्ध रोक्ने सहमति गराएको रिपोर्टमा जनाइएको छ ।

जेलेन्स्की युद्ध जारी राख्न अमेरिकी हतियार सहयोगको अपेक्षामा व्हाइट हाउस पुगेका थिए । तर राष्ट्रपति ट्रम्प शान्ति सम्झौतामाथि बढी ध्यान दिइरहेका थिए । जेलेन्स्कीले रुससँगको युद्धका लागि टमहक मिसाइल मागेका थिए । तर ट्रम्प त्यसका लागि तयार भएनन् । भने,‘म चाहन्छु, युक्रेनलाई कहिल्यै टमहकको आवश्यकता नै नपरोस् ।’

जेलेन्स्कीले त्यसको बदलामा युक्रेनमा बनेका हजारौँ ड्रोन दिन प्रस्ताव गरे, जसमा ट्रम्पले सहमति जनाए । बैठकअघि ट्रम्प र जेलेन्स्कीले सञ्चारकर्मीहरूसँग कुरा गरेका थिए । ट्रम्पले पुनः दाबी गर्दै भने, ‘म जेलेन्स्की र पुटिन दुवैसँग कुरा गरेर यो युद्ध समाप्त गर्न सक्छु ।’

प्रतिक्रिया दिनुहोस्