काठमाडौं । गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनको प्रदर्शनमा भएका घटनाहरू बुझ्न केही सैनिक अधिकृतहरूलाई सैनिक मुख्यालय जङ्गी अड्डा बोलाइएको छ ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार प्रदर्शनका क्रममा भएका गतिविधिहरू बुझ्न केही सैनिक अधिकृतहरूलाई बोलाइएको हो । उनीहरूसँग घटनास्थलका विवरणहरूबारे सोधपुछ भइरहेको जनाइएको छ ।
प्रदर्शनका बेला विघ्न भएको केही स्थानका सैनिक अधिकृतहरूलाई मात्र बोलाइएको छ । सेनाले बोलाइएका अधिकृतहरूको नाम र सङ्ख्याबारे भने कुनै विवरण सार्वजनिक गरेको छैन ।














