Logo
Logo

राष्ट्रिय एकतालाई बलियो बनाउन ओलीको आग्रह


315
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल संवत् ११४६ नयाँ वर्षा आरम्भका अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो भन्दै विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौँ र सद्भावको सुगन्ध फैलाउन आग्रह गरे ।

‘राष्ट्रमाथि खडा गरिएको चुनौतीको सामना गरौँ । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्