Logo
Logo

प्रदीप अधिकारीमाथि आक्रमण गर्ने तीन जना पक्राउ


2.9k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ परेका छन ।

सोमबार साँझ घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै अधिकारीमाथि आक्रमण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही रहेका छन् ।

उनीहरूलाई गएराति र बुधबार बिहान पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्