Logo
Logo

राष्ट्रिय एकता कायम गरी निर्वाचनमा जान प्रचण्डको आह्वान


315
Shares

महोत्तरी । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अभूतपूर्व सङ्कटमा रहेको बताउँदै राष्ट्रिय शक्तिहरूबीच सहमति र एकताको आवश्यकता औँल्याएका छन् ।

The current image has no alternative text. The file name is: prachand-4.gif

बुधवार महोत्तरीमा आयोजित कार्यक्रममा उनले वामपन्थी, कम्युनिस्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र अधिकारको पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र जनताबीच एकताको विकल्प नरहेको बताए । प्रचण्डले अन्तरिम सरकार जटिल परिस्थितिमा गठन भएको र आगामी ६ महिनापछि निर्वाचन घोषणा भएको उल्लेख गर्दै माओवादी केन्द्रले निर्वाचनलाई एकजुट भएर सम्पन्न गर्न र जनताका असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको पक्षमा अपिल गरेको बताए ।

उनले सर्वदलीय बैठकमा सबै दलले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको र माओवादी केन्द्रले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे । गत २३ गते जेनजी युवाहरूको आन्दोलन र तत्कालीन सरकारको दमनलाई उनले नेपालको इतिहासमा अविस्मरणीय घटनाको रूपमा चित्रण गरे ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र प्रत्यक्ष निर्वाचित कार्यकारीको मागलाई माओवादीले समर्थन गरेको उल्लेख गर्दै उनले सरकारको दमनकारी नीतिको विरोधमा आफूहरूले रातारात काठमाडौं फर्केर आन्दोलनलाई समर्थन गरेको बताए । मृतकलाई शहीद घोषणा, दमनको भर्त्सना र केपी ओलीको राजीनामाको माग माओवादीले पहिलो पटक उठाएको उनको भनाइ थियो।

गत भदौ २४ गतेको विध्वंसले ‘राज्यविहीनता’को स्थिति सिर्जना भएको बेला माओवादीले राष्ट्रपति, प्रधानसेनापति र दलहरूसँग संवाद गरी सङ्कटबाट देशलाई जोगाएको प्रचण्डले दाबी गरे । अन्तरिम सरकार गठन र संविधानको रक्षामा माओवादीको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्