बुटवल । रुपन्देहीको सूर्यपुराघाटमा बुधवार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । घटना गैडहवा गाउँपालिका-६, सूर्यपुराघाटमा भएको हो ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन छन् । रुपन्देही प्रहरीका अनुसार बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा करिब २०० मिटर तल उनीहरूको शव फेला परेको थियो ।
दिउँसो ३ बजे दानव र कञ्चन नदीको सङ्गमस्थल सन्तेश्वर घाटमा मूर्ति विसर्जनका लागि गएका उनीहरूको डुबेर मृत्यु भएको हो । सोही घाटमा छठ पर्वको तयारी पनि भइरहेको थियो । यसअघि तिहारको समयमा पनि गाउँका तीन युवाको डुबेर मृत्यु भएको थियो ।














