Logo
Logo

नितु पौडेल आत्मदाह प्रकरण : गायक बाबुल गिरीमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप


567
Shares

काठमाडौं । यही कात्तिक १ गते शनिबार अनामनगरको याम तिलक स्टुडियोभित्र आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्युपश्चात् गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा छन्। कात्तिक बर्न अस्पतालमा उपचारका क्रममा गायिका नितु पौडेलको यही कात्तिक ७ गते मृत्यु भएको थियो।

उनको मृत्युपश्चात् पौडेलका आफन्तले गायक बाबुल गिरीविरुद्ध आत्मदाह दुरुत्साहनको जाहेरी दर्ता गरेका छन्। प्रहरीले अनुसन्धानका लागि हिरासतमा रहेका गिरीलाई थप ५ दिनको म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको हो।

कात्तिक १ गते दिउँसो साढे २ बजेतिर स्टुडियोमा रहेकै अवस्थामा पौडेलले आफैले आफ्नो शरीरमा प्रेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी उनको अवस्था गम्भीर रहेको थियो।

कात्तिक बर्न अस्पतालमा उपचाररत रहेकी नितु पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो। घटनामा गिरी पनि घाइते भएका थिए। उनको हात खुट्टामा सामान्य जलेको थियो। साङ्गीतिक क्षेत्रमा नितु र बावुल निकट मानिन्थे।

७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच विवाद भएकै कारण नितुले आत्महत्या गरेको मृतकका परिवारले बताएका छन्। प्रहरीमा दर्ता भएको जाहेरीमा बाबुल गिरीले नितुलाई विवाहको प्रलोभन दिएर शोषण गरेको र विवाह गर्न नमानी धोका दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्