काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछिको बदलिँदो सुरक्षा अवस्थामा शान्ति९सुरक्षा, सुशासन र आसन्न निर्वाचन तयारीमा केन्द्रित हुन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीमा सोमबार आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । बैठकमा गृहमन्त्रीले जेनजी पुस्ताका माग सम्बोधन गर्दै गठित वर्तमान सरकारका तीन मुख्य प्राथमिकता स्पष्ट पारे स् पहिलो, आन्दोलनपछिको शान्ति-सुरक्षा र सेवा प्रवाह सामान्यीकरण गर्नेस दोस्रो, फागुन २१ गते स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नेस र तेस्रो, सुशासन प्रवर्द्धन गर्ने ।
आन्दोलनमा घाइतेहरूलाई परिचयपत्र र राहत उपलब्ध गराउने सरकारी निर्णय प्रभावकारी कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई उनले निर्देशन दिए । मृतक परिवारलाई सम्मान, घाइतेको उपचार र दीर्घकालीन सहयोगका लागि सरकारले छिट्टै थप निर्णय लिने बताए । निर्वाचनलाई प्रमुख एजेन्डा बनाउँदै जनतामा सुरक्षाको अनुभूति दिलाउन शान्ति-सुरक्षा सुदृढ पार्न र निर्वाचन तयारीमा जुट्न उनले आग्रह गरे ।
उनले केन्द्रबाट नीतिगत-कानुनी दायित्व पूरा भइरहेको उल्लेख गर्दै प्रदेश९जिल्लास्तरमा निर्वाचन सुरक्षा योजना अन्तिम रूप दिन, मतदान केन्द्र विश्लेषण गरी प्रतिवेदन पठाउन र संयुक्त गस्तीमार्फत समन्वय गर्न निर्देशन दिए । सुशासन र पारदर्शिता अर्को महत्त्वपूर्ण एजेन्डा रहेको बताउँदै सेवा प्रवाहमा दैनिक सुधार, निष्पक्ष अनुसन्धान, राजस्व चुहावट र अपराध नियन्त्रणमा गम्भीरता देखाउनुपर्नेमा जोड दिए ।










