काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बुधबार राजनीतिक दल र जेनजी प्रतिनिधिसँग छलफल गर्दैछिन् । प्रधानमन्त्री कार्कीले बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्न लागेको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

उनका अनुसार निर्वाचनको वातावरण बनाउने पहलस्वरूप प्रधानमन्त्री सुशीला कार्कीले छलफल आह्वान गरेकी हुन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलसँग छुट्टै छलफल गरेकी थिइन् ।










