
काठमाडौं । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
गएराति दमकबाट मोरङको टाँडीतर्फ आइरहेको बा२ख १९८३ नम्बरको ३५ जना सवार बस दुर्घटना हुँदा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भिम बहादुर मगरको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको झापा प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको छ । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अुनसन्धान गथालिएको प्रहरीले जनाएको छ ।










