Logo
Logo

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना


567
Shares

काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा पाइलट बाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार पाइलट विवेक खड्का सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्