Logo
Logo

संसद विघटनविरुद्ध सुनुवाइ सुरु, बहसकर्तालाई ५ मिनेट समय


882
Shares

काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सुशीला कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै दायर १६ रिटमाथि केहि बेरअघिबाट बहस सुरु भएको हो ।

सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकार ढलेपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए ।

त्यसविरुद्ध सर्वोच्च अदालतमा १६ वटा रिट परेको छ । सोही रिटहरूमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मुद्दामा बहसकर्तालाई ५/५ मिनेट समय दिइएको छ । संवैधानिक इजलासमा बहसकर्तालाई समय व्यवस्थापन गर्नका लागि समय तय गरिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बर प्रसाद शिवाकोटी, अधिवक्ता दल बहादुर धामी, अधिवक्ता प्रकाश भूजेल, अधिवक्ता बिपिन ढकाल, आयुष भण्डारी, अधिवक्ता आभाष पोखरेल, ओम प्रकाशजङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकाया लगायतले अन्तरिम सरकार गठन र संसद विघटन संविधानसम्मत नरहेको दाबी गर्दै रिट निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्