Logo
Logo

अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाका रूपमा स्थापित गर्नुपर्छ : सञ्चारमन्त्री खरेल


189
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आज मन्त्रालयमा ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । मन्त्रालयले पहिलो पटक अनलाइन टिभीका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझाव लिएको हो ।

The current image has no alternative text. The file name is: jagadish-3.jpg

ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले चौथो पुस्ताको पत्रकारितालाई सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनियता, गुणस्तर र जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् । छलफलका क्रममा उनीहरूले अनलाइन टिभीलाई मूलधारको मिडियाका रूपमा मान्यता दिई राज्यकोतर्फबाट लोककल्याणकारी विज्ञापनलगायत अन्य सहुलियतका लागि पहल गरिदिन मन्त्रालयलाई आग्रह गरे ।

सञ्चारमन्त्री खरेलले अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाको रूपमा स्थापित गर्न पहल गरिने विश्वास व्यक्त गरे । उनले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको भन्दै सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाइने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत नै हुनेगरी व्यवस्था मिलाइएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकबाट अनलाइन दर्ता र नवीकरणसम्बन्धी नियमावली पारित भई केही दिनमै राजपत्रमा प्रकाशित हुने जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले सरकार नागरिक पत्रकारिता कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा संवेदनशील भएको र नयाँ मूलधारका माध्यमहरूले सरकारले प्राथमिकतामा राखेको फागुन २१ को निर्वाचनको पक्षमा सूचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्