Logo
Logo

बीपी राजमार्गमा रातिको सवारी आवागमन निषेध


252
Shares

काभ्रेपलाञ्चोक । लगातार वर्षाका कारण बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा रातिको सवारी आवागमन रोक लगाइएको छ।

The current image has no alternative text. The file name is: Bp-highway-6.gif

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म काभ्रेभञ्ज्याङ–सिन्धुली खण्डमा सवारी सञ्चालनमा रोक लगाएका हुन्। प्रशासनले रोशी र अन्य खोलामा बाढी आएमा अन्य समयमा पनि प्रहरीलाई सवारी रोक्ने अधिकार दिएको छ।

सिन्धुलीले पनि १३ र १४ कात्तिकका राति खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारी निषेध गरेको छ। भारी वर्षा जारी रहेमा दिउँसो पनि रोक लाग्न सक्ने बताइएको छ। प्रशासनले यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्