
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वृहत राजनीतिक संवाद गर्दैछ । विभिन्न राजनीतिक दल तथा नयाँ शक्तिहरूसँग एकता र सहकार्यका लागि रास्वपाले आज वृहत राजनीतिक संवाद गर्न लागेको हो ।
आज दिउँसो १ बजे बालुवाटारस्थित नेपाल हाउसमा संवाद हुने पार्टीका उच्च संवाद समिति संयोजक स्वर्णिम वाग्लेले जानकारी दिए ।
यो संवाद आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, बृहत् एकता र सहकार्यको रेखाङ्कन र आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यताबारे भएको जनाइएको छ ।














