Logo
Logo

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन


378
Shares

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपाले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै र्‍यालीसहित प्रदर्शन गरेको हो ।

काठमाडौंमा बिहीबार दिउँसो पार्टीले प्रदर्शन र सभा गरेको हो । नेकपाले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरेको हो । अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्