काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका-१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध जाहेरी दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरमा आज जाहेरी दर्ता भएको हो । भण्डारीले आफूमाथि कुटपिट गर्ने अध्यक्ष तामाङविरुद्ध हिजो नै जाहेरी दिएकी थिइन् ।
व्यवस्थापन समितिको बैठक बोलाउने मिति फरक परेको भन्दै अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीलाई कुटपिट गरेका थिए । भण्डारीको आँखा र गालमा चोट लागेको छ ।














