Logo
Logo

खगेन्द्र सुनारले दिए दल दर्ताको निवेदन


1.3k
Shares

काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ । सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ ।

The current image has no alternative text. The file name is: khagendra-sunar-.jpg

दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको छ ।दल दर्ताका लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण, विधान, दलको नियमावली र घोषणापत्र लगायतका कागजात आवश्यक पर्छ ।

दर्ताका लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयपत्र, प्रतिबद्धतापत्र, विधान, नियमावली, घोषणापत्र, पाँच सय समर्थकको नागरिकता र स्वघोषित सहमतिसहितका कागजात पेस गर्नुपर्छ । ती पाँच सय व्यक्ति कुन जिल्लाका हुन खुलाइएको हुन्छ । त्यसअनुसार निर्वाचन आयोगका सम्बन्धित जिल्ला कार्यालय पुगेर दल खोल्न समर्थन गर्ने व्यक्तिहरूले सनाखत गर्नुपर्छ ।

आयोगका अनुसार यसरी प्रत्येक जिल्लाबाट सनाखत भएपछि त्यसको आधारमा सम्बन्धित दल दर्ताको प्रक्रिया अगाडि बढ्छ र अन्य कागजात पुगेको खण्डमा दल दर्ता हुन्छ । यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस्