Logo
Logo

स्थानीयवासीद्वारा मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध


252
Shares

त्रिशूली । सडक मर्मत सुधारको माग गर्दै मध्यपहाडी राजमार्गस्थित लिखु गाउँपालिका–६ छहरेमा आज स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

The current image has no alternative text. The file name is: madhye-pahadi-rajmarg.jpg

सडक अवरुद्ध भएसगैँ टोखा–छहरे सडक हुँदै नुवाकोट र रसुवा आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । सडक अवरोधका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ आवतजावत गर्ने गाडीबीच बाटोमा रोकिएका छन् । सडक खुलाउन आयोजनाका प्रतिनिधि र स्थानीयवासीबीच छलफल गराउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

बिग्रिएको सडक मर्मतका लागि सम्बन्धित पक्षलाई गराएको ध्यानाकर्षणको बेवास्ता गरिएको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन सडक अवरोध सुरु गरेका हुन् । मागको सुनुवाइ नभएकाले अनिश्चितकालीन विरोधको कार्यक्रम सुरु गरिएको स्थानीय नवराज थापाले जानकारी दिए।

उनका अनुसार छहरेमा तीन वर्षअघि निर्माण गरिएको सडकमा खाल्डाखुल्डीका कारण दैनिकजसो दुर्घटना हुने गरेकाले तत्काल सुधारको माग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्